scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

‘हजार्डको निर्णयलाई चेल्सीले सम्मान गर्नुपर्छ’

काठमाडौँ, १ जेठ । चेल्सीका स्टार खेलाडी इडिन हजार्ड रियल मड्रिडमा अनुबन्ध हुने लगभग पक्का भएको मिडिया रिपोर्टमा उल्लेख छ । तर, क्लबले उनको इच्छालाई नजरअन्दाज गर्न खोजेको आरोप पनि लगाइएको छ ।

मिडिया रिपोर्टका अनुसार उनले क्लब छोड्ने निर्णय एक वर्ष अगाडि नै गरेका थिए ।

उनको यो निर्णयलाई सबैले स्वागत गर्न पर्ने पुर्व चेल्सी खेलाडी फ्रांक लाम्पर्डले बताएका छन् । त्यस्तै हजार्डका मित्र एजपिलीक्युएटाले पनि उनको निर्णयलाई क्लबले स्वागत गर्न पर्ने बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार उनलाई रियलले १०० मिलियन युरोमा अनुबन्ध गर्न चाहेको छ ।

यस सिजन उच्च फर्ममा रहेका उनले १६ गोल र १५ एसिस्ट गरेका थिए ।

युरोपा लिगको फाइनल खेलमा आर्सनलविरुद्ध चेल्सीले आमने सामने गर्दैछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob