scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

के पिएसजी जाने तयारीमा छन् कोटिन्हो ?

काठमाडौँ, १ जेठ । बार्सिलोनाले लिभरपुलबाट अनुबन्ध गरेका खेलाडी फिलिपिन्हो कोटिन्होलाई बेच्न खोजिरहेको छ । बार्सिलोनामा पछिल्लो समय व्यापक आलोचित खेलाडी हुन् कोटिन्हो । ब्राजिली स्टार नेयमारले बार्सिलोनाका फरवार्ड फिलिप काउटिन्होलाई पेरिस सेन्ट जर्मेन पीएसजी ल्याउन चाहेका छन् ।

यस सिजन बार्सिलोनाले अपेक्षा अनुसार खेल्न नसकेपछि उनलाई क्लबले बेच्न चाहेको बताइएको थियो । उनका ब्राजिलियन मित्र नेयमारले कोटिन्होलाई पिएसजीमा देख्न चाहेको बताएका छन् । बार्सिलोनाले चाहेजस्तो खेलाडी उनी नभएको भन्दै क्लबले उनलाई बेच्न चाहेको बताएको थियो । बार्सिलोना छाड्ने तयारी गरेका काउटिन्होलाई नेयमारले फ्रान्सेली लिग च्याम्पियनसंग जोड्न चाहेका हुन् ।

यस सिजन च्याम्पियन्स लिगमा लज्जास्पद हार हारेको बार्सिलोनाले केही खेलाडीहरुलाई बेच्ने तयारी गरेको समेत बताइएको छ ।

क्लबमा रहेका ती खेलाडीहरुको खेलबाट क्लब असन्तुष्ट रहेको छ । तर, क्लबको प्रमुख नजरमा कोटिन्हो रहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob