scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

विश्वमै पहिलोपल्ट एसिया कप ट्वान्टी–२० ह्विलचियर क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं, १ जेठ । विश्वमै पहिलोपल्ट एसिया कप ट्वान्टी–२० ह्विलचियर क्रिकेट आजबाटर सुरु हुँदैछ । नेपाल ह्विलचियर क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

जेठ ४ सम्म चल्ने एसिया कपमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका राष्ट्रिय टिमले सहभागिता जनाउने छन् । आज हुने हिलो खेलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्ने छ ।

दोस्रो खेल बंगलादेश–पाकिस्तानबीच हुनेछ । क्रिकेटको अन्तर्राष्ट्रिय नियमअनुसार खेलाइने भए पनि बाउन्ड्री ५० मिटर र पिच १८ यार्डको हुने आयोजकले जनाएको छ । लिग चरणबाट शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob