scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

चट्याङ्ग लाग्दा घाँस काटिरहेकी महिलाको मृत्यु

बागलुङ, १ जेठ । गलकोट नगरपालिका वडा नं. ११ रिघा, तुतुङ्गामा चट्याङ्ग लागेर एक जना महिलाको मृत्यु भएको छ । घर नजिकै घाँस काटिरहेकी ३८ वर्षकी पूर्णा श्रीसको चट्याङ्ग लागेर मृत्यु भएको वडा अध्यक्ष डम्बर श्रीसले जानकारी दिए ।

यस्तै, मध्यपहाडि लोकमार्ग अन्तरगत बडिगाँड गाउँपालिका ६, मार्केमा ट्याक्सीको ठक्करवाट एकजना गम्भीर घाइते भएका छन् । घ १ ज ५८२ नम्बरको ट्याक्सीले ठक्कर दिँदा स्थानिय ५० वर्षका कुमारी थापा घाइते भएका हुन् । थापाको टाउको र दाहिने खुट्टामा गम्भीर चोट लागेको छ ।

बडिगाड पोलिक्लिनीकमा प्राथमिक उपचार पछि थप उपचारको लागि भैरवा पठाइएको ग्वालीचौर प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob