scheduleमगलवार मंसिर ३ गते, २०७६

७ वर्षदेखि आफ्नै छोरीलाई बलात्कार गरेका बुबा थुनामा

दोलखा, १ जेठ । १३ वर्षीया बालिका बलात्कारको आरोपमा दोलखाबाट एकजना पुरुष पक्राउ परेका छन् । दोलखाका १३ वर्षीया बालिका बलात्कारको आरोपमा ४३ वर्षका पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको हो ।

पीडित बालिकाकी दाईले दोलखा प्रहरीमा आफ्नो बहिनी बलात्कृत भएको भन्दै मंगलबार दोलखा प्रहरीमा किटाणी जाहेरी दिएका थिए । जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरी टोलीले ती पुरुषलाई उनको घरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका पुरुषलाई म्याद थप गरी अनुसन्धान कार्य अघि बढाएको दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए ।

त्यसैगरी ७ वर्षदेखि आफ्नै छोरीलाई बलात्कार गर्दै आएका बुबालाई दोलखा जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा पठाएको छ । वैशाख ५ गते बिहिबार सदरमुकाम चरिकोटबाटै पक्राउ परेका पुरुषलाई दोलखा जिल्ला अदालतले कारागार दोलखामा पुर्पक्षका लागी थुनामा पठाएको हो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage