scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

भारतबाट ल्याउँदै गरेको अवैध भैंसी रौतहट प्रहरीको नियन्त्रणमा

रौतहट, १ जेठ । रौतहटस्थित सशस्त्र प्रहरीले अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा भैंसी, पाडो र पाडीलाई नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपमा भैंसी र पाडोपाडी ल्याइरहेको गोप्य सूचनाको आधरमा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेड क्वाटर रौतहटबाट खटेको टोलीले जिल्लाको इशनाथ नगरपालिका वडा नं ३ डुमरीयाबाट २ वटा भैंसी र १६ वटा पाडोपाडी नियन्त्रणमा लिएको छ ।

प्रहरीलाई देख्ने बितिकै तस्कारले भैसी र पाडोपाडी त्यहीँ छाडेर फरार भएका थिए । नियन्त्रणमा लिइएको भैंसी र पाडोपाडी तीन लाख १० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob