scheduleआइतवार जेष्ठ ५ गते, २०७६

एएफसी कप फुटबलः मनाङ र मिनर्वा भिड्दै आज

काठमाडौं, १ जेठ । एएफसी कप फुटबलको चौथाें खेलमा लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र भारतीय क्लब मिनर्वा पञ्जावबीच आज प्रतिस्पर्धा हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल अपरान्ह ३ बजेबाट सुरु हुनेछ ।

समूह ई मा रहेको मनाङ समूहको पुछारमा रहेको छ । मनाङले ३ खेलमा १ अङ्क जोडेको छ । मिनर्वा ३ खेलमा ३ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

यसअघि भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको पहिलो लेगको खेलमा मनाङ र मिनर्वाले २/२ गोलको बराबरी खेलेका थिए । घरेलु मैदानमा भने मनाङ ३ अङ्क जोड्ने लक्ष्यमा रहेको छ ।

दुई खेलमा जित र एक बराबरी खेलेको चेन्नईन ७ अङ्कका साथ शीर्ष स्थानमा छ । समुह ई को विजेताले मात्रै अघिल्लो चरणको यात्रा तय गर्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob