scheduleआइतवार जेष्ठ ५ गते, २०७६

मेलम्चीको कामबारे संसदीय समिति मन्त्रि मगरको यस्तो जवाफ


काठमाडौं, १ जेठ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको विकास तथा प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो ।

मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई तत्काल अघि बढाउन सरकारलाई पुनः निर्देशन दिइएको समितिका सभापति कल्याणी खड्काले जानकारी दिए । त्यसैगरी समितिले सरकारको नीति तथा कार्यक्रम अनुसार नै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न/गराउन पनि खानेपानी मन्त्रालयलाई सचेत गराएको छ ।

समितिले राष्ट्रिय खानेपानी तथा सरसफाइ नीति र त्यस सम्बन्धी ऐन छिटो तर्जुमा गरी कार्यान्वयनमा ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी स्वच्छ खानेपानी वितरण प्रणालीलाई व्यवस्थित बनाउन, भूकम्पले क्षति पु¥याएका खानेपानी आयोजनाहरु छिटो सञ्चालनमा ल्याउन पनि सरकारलाई सचेत गराइएको समितिका सभापति खड्काले बताए ।

बैठकमा खानेपानी मन्त्री बिना मगरले मन्त्रिपरिषदमा छलफल गरेर मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले स्वच्छ खानेपानीको अभाव हुन नदिने गरी सरकारले आवश्यक काम कारवाहीलाई अघि बढाइएको दावी पनि गरिन् ।

इटालियन कम्पनी सिएमसीले मेलम्ची खानेपानीको बाँकी काम अलपत्र छोडेर हिँडेपछि त्यसलाई अघि बढाउन नसकेको भन्दै मन्त्री मगरको आलोचना भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob