scheduleआइतवार जेष्ठ ५ गते, २०७६

‘एमालेका तीन नेतालाई प्रधानमन्त्री बनाउने सामर्थ्य राख्छु’


काठमाडौं, १ जेठ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन एमालेका तीन नेतालाई प्रधानमन्त्री बनाउने सामर्थ्य आफूले मात्र राखेको बताएका छन् । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले आफ्नो योगदानलाई अवमूल्यन नगर्न आग्रह गरे ।

तत्कालीन एमालेको युवा संगठन युवासंघ नेपालको २९औं स्थापना दिवसलाई सम्बोधन गर्दै प्रचण्डले केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई आफूले लाइन लाएर प्रधानमन्त्री बनाएको दावी गरेका हुन् । उनले आफू समय अनुसार चल्ने नेता भएको समेत प्रष्ट पारे । उनले आगामी दिनमा अझै नयाँ प्रयोग गरेरमात्र मर्ने चाहना रहेको भन्दै आफूलाई साथ दिन नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।

उनले मार्क्सवाद धर्मशास्त्र नभएर गतिशील विज्ञान भएकोले समयअनुकूल विकास गर्दै लैजानुपर्नेमा जोड दिए । उनले युवालाई समाजवादको बहस र संघर्षमा आउन पनि आह्वान गरे ।

अध्यक्ष प्रचण्डले युवाको साथ पाए अझै पनि केही नयाँ प्रयोग गरेरमात्र ‘माथि जान’ मन छ भन्दै आफूलाई साथ दिन आग्रह गरे । उनले पार्टी एकीकरणको बाँकी काम तत्कालै टुंगो लाग्नेसमेत बताए । जनवर्गीय संगठनको एकीकरण पर्सिसम्म सम्पन्न गर्न आफूले अर्का अध्यक्ष केपी ओलीसँग छलफल गर्ने जानकारी दिए ।

कार्यक्रममा सहभागी अन्य नेताहरुले पार्टी एकताको बाँकी रहेका काम पर्सीसम्म सम्पन्न भइसक्ने बताएका छन् । कार्यकर्तालाई सम्बोधन गर्दै नेकपाका महासचिव बिष्णु पौडेलले पर्सी पार्टी एकीकरण टुंगिएको घोषणा हुने बताए । एक वर्षअघि जेठ ३ गते नै नेकपा एमाले र माओवादीबीच एकीकरण भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेता माधव नेपाल र झलनाथ खनालले पनि जनवर्गीय संगठनको एकीकरण तत्कालै टुंगो लाग्ने बताएका छन् । खनालले जेठ ३ मा केही गरि नसकिएपनि जेठभित्रमा सबै काम सकिने बताउनुभयो । नेकपाका अधिकांश कमिटी एकीरकण भए पनि जनवर्गीय संगठनको एकीकरण बाँकी रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob