scheduleआइतवार जेष्ठ ५ गते, २०७६

तराईमा अत्यधिक गर्मी जनजीवन प्रभावित


रौतहट, १ जेठ । रौतहट सहित तराईका जिल्लामा अत्याधिक गर्मीका कारण मानिसहरु बिरामी पर्न थालेका छन् । चर्को घामसँगै बढेको अत्यधिक गर्मीले मानिसहरुमा मुर्छा पर्ने, टाउको दुख्ने, झाडापखाला लगायतका समस्या देख्नुका साथै भाईरल ज्वरोको प्रकोप बढेको छ ।

गर्मीले बृद्धबृद्धा र बच्चाहरु बढी बिरामी हुन थालेका छन् । गर्मीका कारण बिरामी भएर दैनिक अस्पताल भर्ना हुनेहरु बढेको चिकित्सकहरुले बताएका छन् । अस्पतालहरुमा बिरामीको चाप बढेपछि शैय्याको पनि अभाव हुन थालेको छ ।

दैनिक ज्याला, मजदुरी गरी खाने ठेला, रिक्साका मजदुरहरुलाई झनै समस्या भएको छ । गएको एकसाता भन्दा बढि दिनदेखि बर्षा रोकिएसँगै बढेको अत्यधिक गर्मीले यहाँको जनजीवन थप कष्टकर बन्दै गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob