scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

नेयमार दोधारमा

काठमाडौँ, २ जेठ । पछिल्लो समय पिएसजी स्टार नेयमार दोधारमा रहेका छन् । सान्तोष क्लबका प्रमुख कार्लोस पेरेसले नेयमार रियल मड्रिड जानुपर्ने बताएका छन् ।

बार्सिलोना छोडेर उनले गल्ती गरेको र उनले रियलमा गएपछि मात्रै आफ्नो करिअरलाई थप उचाइमा पुर्याउन सक्ने उनले बताएका छन् । दुई वर्ष अगाडि उनी २२२ मिलियन युरोमा पिएसजीमा अनुबन्ध भएका थिए ।

मेस्सीको ओझेलमा परेको भन्दै उनले क्लब छोड्ने निर्णय लिएका थिए ।

पिएसजीमा गए पनि उनी ओझेलमा पर्न छोडेनन् भने थप विवादमा तानिए ।

पिएसजीमा रहेका स्टार युवा खेलाडीकाबीच उनको स्तरीयता फितलो रहेको समेत समिक्षकहरुले बताएका थिए । अब भने उनी रियल जाने समय आएको पेरेसले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob