scheduleसोमवार आश्विन ६ गते, २०७६

पोखराका सर्वसाधारणले पार्क मै व्यायाम गर्न पाउने

पोखरा, २ जेठ ।  पोखराका सर्वसाधारणले पार्क मै व्यायाम गर्न पाउने छन् । केही साताभित्रै पार्कमा सामान जडान गरिने छ । सामान पोखरा आईपुगेको छ । प्राविधिकको सहयोगमा जडान गरिने छ । जडानपछि सर्वसाधारणले साँझ र विहान दुवै समयमा आफनो अनुकुल व्यायाम गर्न सक्ने महानगरपालिकाले जनाएको छ ।

पोखरा महानगरपालिकाले स्वास्थ्य नागरिकको परिकल्पनासहित तीन महिना अघि देखि नै शुरु गरिएको थियो । फागुनमा टेण्डर आह्वान गरिएको थियो । सामान मंगलबार मात्रै आईपुगेको छ । पोखराको नयाँबजारस्थित शान्तिवनबाटिका नजिकै दमकल राखिएको स्थानमा स्टोर गरिएको छ । ‘सामान आईपुगेको छ । अब प्राविधिकको सहयोगमा पार्कमा जडान गर्ने छौं ।’ पोखरा महानगरपालिकाका मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage