scheduleसोमवार आश्विन ६ गते, २०७६

ट्रम्पद्वारा अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा

एजेन्सी, २ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाको लागि जोखिम पुर्‍याउन सक्ने भन्दै राष्ट्रिय संकटकालको घोषणा गरेका  छन् । अमेरिकी कम्पनीहरूले प्रयोग गर्न बन्देज लगाउँदै राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै संकटकालको घोषणा गरेका हुन् । अमेरिकी सञ्चार सञ्जालहरूलाई विदेशी प्रतिद्वन्द्वीहरूबाट जोगाउन राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको उनले बताए ।

अमेरिकी कम्पनीहरूले आफ्नो देशको राष्ट्रिय सुरक्षामा जोखिम पुर्‍याउने विश्वास गरिएका विदेशी टेलिकम कम्पनीद्वारा उत्पादित उपकरण खरिद गर्न बन्देज लगाइएको छ । अमेरिका र अन्य केही देशहरूले चीनको ह्वावेईले उत्पादन गरेका उपकरणहरूको प्रयोग गरी चीनले आफ्ना आन्तरिक गतिविधिको निगरानी गर्न सक्छ भन्दै विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकी वाणिज्य मन्त्रालयले ह्वावेई र ऊसँग सम्बन्धित ७० वटा कम्पनीहरूलाई कालो सूचीमा राख्न लागिएको बताएको छ । ह्वाइट हाउसले जारी गरेको एक वक्तव्यका अनुसार ट्रम्पको आदेशले ‘सक्रिय र बढ्दो रूपमा सूचना प्रविधि पूर्वाधार र सेवाको क्षेत्रमा रहेका कमीकमजोरीहरूको फाइदा उठाउने विदेशी प्रतिद्वन्द्वीहरूको प्रभावबाट अमेरिकालाई बचाउने’ उद्देश्य लिएको जनाइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage