scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

आजबाट १८ औं विश्व र्‍याफ्टििङ च्याम्पियनसिप सुरु

काठमाडाैं, २ जेठ ।  १८ औं विश्व र्‍याफ्टििङ च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । उत्तरी अस्ट्रेलियाको टली नदीमा हुने च्याम्पियनसिपमा नेपालको भने पदक जित्ने लक्ष्य रहेको छ । १८ देशका ४८ टिम सहभागि रहेको च्याम्पियनसिपमा पुरुष तर्फ खुलामा डिफेन्डिङ च्याम्पियन ब्राजिल सहित १६, मास्टर्स (४० वर्षमाथि) ८, २३ वर्ष मुनि ५ र १९ वर्ष मुनिका ४ टिम सहभागि छन् ।

महिलातर्फ खुलामा ८, मास्टर्समा २, २३ वर्ष मुनिको ५ टिमले सहभागिता जनाउने छ । नेपाली राष्ट्रिय टोलीका कप्तान सुरज गुरुङले अस्ट्रेलियाको मौसममा ६ दिनको अभ्यासका कारण घुलमिल भइसकेको भन्दै पदक जित्ने लक्ष्य रहेको बताए । सन् २०२० मा मार्चमा हुने आमन्त्रण विश्व र्‍याफ्टििङ कपमा सहभागिताका लागि पनि पदक जित्नु आवश्यक रहेको उनको भनाई छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob