scheduleबिहिवार भाद्र ५ गते, २०७६

स्वास्थ्यमा १० प्रतिशत बजेटका लागि पहल गर्छुः मन्त्री यादव

फाइल फोटो

काठमाडौं, २ जेठ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताएका छन् ।

यसअघिको बजेटमा स्वास्थ्यतर्फ कुल बजेटको जम्मा ४.४ प्रतिशत छुट्टयाइएको जानकारी दिँदै स्वास्थ्य मन्त्री यादवले त्यो बजेटलाई आगामी वर्ष दस प्रतिशत पुर्‍याउन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगमा आफूले पहल गरेको जानकारी दिए ।

विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले थाइल्याण्डमा कुल बजेटको २१ प्रतिशत बजेट स्वास्थ्यमा विनियोजन हुने गरेको उदाहरण दिँदै स्वास्थ्य र शिक्षा क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

कर्मचारी समायोजन सम्पन्न भए लगत्तै देशभरिको स्वास्थ्य जनशक्ति, अस्पतालको भौतिक तथा प्राविधिक अवस्था र मेडिकल उपकरणको उपलब्धता लगायतको समग्र अवलोकन एवं तथ्यांक संकलन गरी आवश्यक जनशक्ति र उपकरण देशैभरका अस्पतालमा पु¥याउन पहल गर्ने उनको भनाइ छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage