scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पत्रकारलाई रोक


काठमाडौं, २ जेठ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा पत्रकारलाई समाचार सङ्कलन गर्न रोक लगाइएको छ ।

सङ्घीय निजामती सेवाको गठन तथा सञ्चालन र सेवाको शर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल गर्न बोलाइएको बैठकमा पत्रकारलाई पस्न दिइएको थिएन । समितिको बैठकमा समाचार सङ्कलन गर्न लगाइएको रोकप्रति संसदीय मामिला पत्रकार समाजले विरोध जनाएको छ ।

महासचिव अशोक दाहालले विज्ञप्ति जारी प्रचलित कानुन र नियमावलीले निषेध नगरेको आम सरोकारका विषयमा पटक पटक सूचना सङ्कलनमा रोक लगाउने समितिको कदमप्रति खेद व्यक्त गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob