scheduleबुधवार आश्विन १ गते, २०७६

भारतीय निजी क्षेत्रलाई अर्थमन्त्रीको आह्वान– नेपालमा लगानी गर्नुहोस्

फाइल तस्बिर

काठमाडौं, २ जेठ । नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई अर्थमन्त्री डा. युवराज खतिवडाले आह्वान गरेका छन् । मन्त्री खतिवडाले मुलुकको समृद्धिका लागि सरकारले वैदेशिक लगानी र प्रविधि भित्र्याउन जोड दिएको स्पष्ट पारे ।

काठमाडौँमा भएको नेपाल–भारत लगानी प्रदर्शनी तथा सम्मेलनको दोस्रो दिन विहीबार खतिवडाले नेपालको आर्थिक विकासमा भारतीय युवा उद्यमीहरूको अनुभव उपयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले दुई मुलुकबीचको व्यापार विस्तारका लागि सम्मेलन उपयोगी हुने उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासङ्घ, भारतीय दूतावास र ईन्डियन फ्रेन्जाइज कम्पनीको संयुुक्त आयोजनामा गरिएको सम्मेलनमा ६० भन्दा बढि कम्पनीका उद्यमी सहभागी छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage