scheduleबुधवार आषाढ़ ११ गते, २०७६

पैसा जुटाउने तयारीमा बार्सिलोना

काठमाडौँ, ३ जेठ । फिलिपिन्हो कोटिन्होलाई क्लबले बेच्न सकेमा ग्रिजम्यान ल्याउन सजिलो हुने समिक्षकहरु बताउँछन् । इडिन हजार्डको सट्टामा चेल्सीले कोटिन्होलाई क्लबमा अनुबन्ध गर्न चाहेको बताइएको छ ।

अर्का बार्सिलोनाका भर नपर्दा खेलाडी हुन् सामुअल उमटिटी । उनी आएपछि डिफेन्समा झन् कमजोरी देखिएको समिक्षकहरु बताउँछन् । उनलाई ४० मिलियन युरो बेच्न बार्सिलोना तयार रहेको छ ।

इभान राकिटीकले क्लब छोड्ने निश्चित जस्तै रहेको छ । उनको मुल्य ५० मिलियन युरो राखिएको छ ।

अर्का स्टार गोलरक्षक जास्पर सिलेसनलाई क्लबले बेच्ने भएको छ । उनलाई ३० मिलियन युरोमा बेच्ने बार्सिलोनाका तयारी रहेकोछ ।

माल्कमलाई अनुबन्ध गर्न बार्सिलोनाले ४० मिलियन युरो खर्च गरेको थियो । तर, क्लबमा उनको भुमिका एकदमै कमजोर देखिएको छ । उनलाई क्लबले लोनमा पठाउने तयारी गरेको बताइएको छ । एन्द्री गोमेजलाई बार्सिलोनाले लोनमा इभर्टन पठाएको थियो । उनलाई अनुबन्ध गर्न टोटनहम इच्छुक देखिएको छ । क्लबले २० देखि २५ मिलियनमा उनलाई अफलोड गर्ने बताइएको छ । डेनिस स्वारेज आर्सनलमा खुसी रहेका छैनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob