scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

अमेरिकाले इरानमाथि सर्जिकल स्ट्राइक गर्नुपर्छः साउदी अरब


एजेन्सी, ३ जेठ । साउदी अरबले इरानमाथि सर्जिकल स्ट्राइक गर्नुपर्ने धारणा अगाडि सारेको छ । साउदी अरबको एक सरकारी समाचार पत्रिकामा छापिएको सम्पादकीयमा यस्तो धारणाा उल्लेख गरिएको हो ।

बिहीबार साउदी अरबको एक सरकारी समाचारपत्रको सम्पादकीयमा इरानमाथि सर्जिकल स्ट्राइक गर्नुपर्ने उल्लेख गरिएको छ । अमेरिका र इरानबीच तनाब चर्कदै गएको बेला द अरब न्युजको सम्पादकीयमा यस्तो धारणाा प्रकाशित भएको हो ।

उक्त सम्पादकीयमा लेखिएको छ, ‘अब अमेरिकाले उठाउनु पर्ने सही कदम भनेको ‘सर्जिकल स्ट्राइक हो ।’  तर कुन स्थानमा यस्तो आक्रमण गर्नुपर्ने भनेर प्रष्ट रुपमा खुलाइएको छैन ।

विगत केही वर्षदेखि अमेरिकाले लगाएको नाकाबन्दीका कारण इरानले आफ्नो व्यवहारमा कुनै परिवर्तन नभएकाले उक्त देशमाथि सैन्य हमला गर्नुपर्ने बताउदै आएको छ । यसै साता साउदी अरबको तेल बोकेका २ वटा हमला भएपछि उक्त हमला इरान समर्थित हुथी समूहले गरेको आरोप साउदी अरबको छ ।

सुनी बाहुल्य साउदी अरब र शिया बाहुल्य इरानले एकअर्कालाई दुश्मन ठान्छन् । विशेष गरी धार्मिक प्रभाव र क्षेत्रीय प्रभुत्वका लागि दुबै मुलुकबीच प्रतिस्पर्धा हुँदै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob