scheduleबिहिवार भाद्र ५ गते, २०७६

गुट उपगुट अन्त्य नभएसम्म कांग्रेस बलियो हुदैन् : सभापति देउवा   

काठमाडाैं, ३ जेठ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट अन्त्य नभएसम्म पार्टी बलियो नहुने  बताएका छन् ।

शुक्रबार प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले पार्टीको आन्तरिक कारणमात्र नभएर दुई कम्युनिष्ट पार्टी एकीकरण हुँदा पार्टीले निर्वाचनमा पराजय भोगेको बताए ।

मुलुकमा कम्युनिष्ट विचार बोक्नेको जित र प्रजातान्त्रिक विचारधारा बोक्ने दल कांग्रेसको हारको जिम्मा प्रजातान्त्रिक विचार समाजले समेत लिनुपर्ने उनको भनाइ थियो।  अन्तरघात मुक्त कांग्रेस निर्माणमा प्रजातान्त्रिक विचार समाज लाग्नुपर्नेमा देउवाले जोड दिए।

विसं २०५२ मा स्थापना भएको समाजले ४७ जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको समाजका महासचिव गोकर्ण अर्यालले जानकारी दिए। दुई दिनसम्म चल्ने महाधिवेशनमा ४१ जिल्लाका ३०० प्रतिनिधिको सहभागिता रहेको छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage