scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

मिडिया काउन्सिल विधेयक विरुद्ध पत्रकारले गरे प्रदर्शन

काठमाडौं, ३ जेठ ।  मिडिया काउन्सिल विधेयकका विरुद्ध पत्रकारहरुले  प्रदर्शन गरेका छन्। शुक्रबार नेपाल पत्रकार महासंघको आह्वानमा संचार साधनसहित वानेश्वरमा प्रदर्शन गरिएको हो।

प्रेस काउन्सिलको व्यवस्थालाई विस्थापित गर्नेगरी सरकारले तयार पारेको मिडिया काउन्सिल विधेयकका प्रावधानहरु संविधानले प्रदत्त गरेका अधिकार कुण्ठित पार्नेगरी तथा व्यवसायिक पत्रकारितालाई असर पार्नेगरी ल्याइएको भन्दै पत्रकारहरुले विरोध जनाएका हुन्।

प्रदर्शनमा उत्रिएका पत्रकारहरुले  ‘मिडिया काउन्सिल विधेयक फिर्ता गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘नागरिक अधिकार सुनिश्चित गर’ लगायतका नारा लेखिएका प्ले कार्डहरु समेत प्रदर्शन गरेका थिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage