scheduleबिहिवार भाद्र ५ गते, २०७६

ओली-प्रचण्डले सच्चा कम्युनिष्टको बेइज्जत गरेः महासचिव वैद्य

फाइल फोटो

काठमाडौं, ३ जेठ । नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य (किरण) ले ओली-प्रचण्ड नेतृत्वको कम्युनिष्टले सच्चा कम्युनिष्टको बेइज्जत गरेको आरोप लगाएका छन् । उनले सत्तासीन नेकपाका नेताहरुलाई ‘भतुवा’ कम्युनिष्टको भएको आरोप लगाए ।

शुक्रबार सोही पार्टीका नेता सिपी गजुलेरद्वारा लिखित संग्रह ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’ को विमोचन समारोहमा उनले भने, ‘उनीहरु (ओली-प्रचण्ड)हरु भतुवा कम्युनिष्टमा रुपान्तरण भएका छन् ।’

महासचिव वैद्यले अगाडि थपे, ‘उनीहरुको लगाएको समाजवादी नारा भतुवा समाजवादी नारा हो । उनीहरु भतुवा कम्युनिष्टका रुपमा रुपान्तरण भएका छ । उहाँले पनि पुस्तकमा यही अनुसार चित्रण गर्नुभएको छ ।’

उनले सिपी गजुरेलजीले पुस्तकमा अन्तर्राष्ट्रिय कम्युनिष्ट र नेपालको कम्युनिष्ट आन्दोलन बारेमा राम्रो प्रस्तुति रहेको बताए । उनले सत्तारुढ नेताहरुलाई भतुवा पुँजीवादीको प्रतिनिधि भएको आरोप पनि लगाए । उनले भने, ‘ओली र प्रचण्ड भतुवा पुँजीवादी हुन् । भतुवा कम्युनिष्ट हुन् । उनीहरुले सच्चा कम्युनिष्टको बेइज्जत गरिरहेका छैन ।’

सत्तारुढ नेकपा अब कम्युनिष्ट नै नरहेको बताउँदै भने, ‘उनीहरु कम्युनिष्ट नै होइनन्, भतुवा हुन् । भतुवाको कुनै ठाउँ ठेगाना हुँदैन । उसले अरुको बनाएको खाने काम गर्छ । ओली प्रचण्ड पनि त्यस्तै हुन् ।’

उनले नयाँ सन्दर्भमा अवसरवादी कम्युनिष्टहरुका विरुद्ध सच्चा कम्युनिष्टहरु एकजुट हुनुको विकल्प नरहेको बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage