scheduleशनिवार फाल्गुन १७ गते, २०७६

दुई महिनाको शिशु हत्या गर्ने आमा प्रहरी खोरमा


तम्घास, ३ जेठ । आफ्नी दुई महीनाकी नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले आज शिशुको आमालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–४ की ३५ वर्षीया जुना विक रहेको प्रहरीले जनाएको छ । आमाको काखमा रहेकी मृत शिशुलाई उनकै आफ्नै आमाले हत्या गरेको हुन सक्ने आशङ्कामा उनका परिवारले खबर गरेपछि जुनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा आवश्यक अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।

मृतक शिशुको शरीरमा कान नजिकै सामान्य चोट देखिएको हुँदा शव परीक्षण र आमाको बयानपछि थप अनुसन्धान गरी घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रहरीले जनाएको छ । शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल गुल्मीमा राखिएको छ । रासस

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय