scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

एसिया कप ह्विलचेयर क्रिकेटः जितविहिन बन्दै बाहिरियो नेपाल


काठमाडौं, ३ जेठ । घरेलु मैदानमा जारी एसिया कप व्हिल चियर टी, ट्वान्टी क्रिकेटमा नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । आज भएको खेलमा पाकिस्तानसंग १ सय ३० रनको फराकिलो हार व्यहोरेपछि नेपाल जितविहीन बनेको हो ।

किर्तिपुरस्थित टियु मैदानमा पाकिस्तानले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर २६९ रन बनाएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल भारत र दोस्रो खेलमा बंगालदेशसंग पराजित भएको थियो । नेपालले प्रतियोगितामा अंक जोड्न सकेन् । प्रतियोगितामा भारत यसअघि नै फाइनल पुगिसकेको छ । अब पाकिस्तान र बंगलादेशबीच एक टोलीले फाइनलमा स्थान बनाउने छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage