scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

डिजेल र पेट्रोलको भाउ घट्यो


काठमाडौं, ३ जेठ । पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।

नयाँ मूल्य सूचिअनुसार पेट्रोलको भाउ प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम हुनेछ । इन्डियन आयल कर्पोरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटाइएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob