scheduleसोमवार आश्विन ६ गते, २०७६

ललितपुरमा दिनभरी विद्युत आपूर्ति बन्द हुँदै


ललितपुर, ४ जेठ । ललितपुरको लगनखेल सातदोबाटो क्षेत्रमा शनिबार दिनभरी विद्युत आपूर्ति बन्द हुने भएको छ । पुरानो विद्युतीय संरचना हटाएर नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले शनिबार बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।

विद्युत आपूर्ति नहुने स्थानहरुमा ललितपुरका पिआईडि फिडर र रेडियो नेपाल फिड अन्तरगत पर्ने सातदोबाटो इसिमोड, खुमलटार धापाखेल लगायतका क्षेत्र रहेका छन् ।

लगनखेल वितरण केन्द्रले काम छिटो भएर समय भने हेरफेर हुनसक्ने बताएको छ भने यसबाट ग्राहक वर्गमा पर्ने असुविधाप्रति प्राधिकरण क्षमाप्रार्थी रहेको बताएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage