scheduleमगलवार आषाढ़ ३ गते, २०७६

४६ पदमा मात्रै हुनेछ उपनिर्वाचन, ८९६ मा हुँदैन

काठमाडौं, ४ जेठ । संघ प्रदेश सांसद तथा उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाका प्रमुख तथा अध्यक्ष र सदस्य गरी कुल ९४२ पद रिक्त छन् । तर निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेल सांसद र स्थानीय तहका प्रमुख तथा अध्यक्षको मात्रै उपनिर्वाचन हुनसक्नृ व्यवस्था रहेको बताउँछन् ।

‘हामी संघ र प्रदेश सांसद तथा उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाका प्रमुख तथा अध्यक्षको मात्रै उपनिर्वाचन गराउन सक्छौँ’ प्रवक्ता खरेल भन्छन्, ‘संघीय सांसदको एक प्रदेश सांसदको तीन, उपमहानगरका प्रमुख एक, गाउँपालिकाका प्रमुख तीन र ४६ वडाध्यक्षका लागि उपनिर्वाचन गराउनु पर्नेछ ।’

उनका अनुसार स्थानीय तहमा खुला, महिला र दलित गरी अन्य ८९६ सदस्य पदमा भने उपनिर्वाचन गराउने संवैधानिक व्यवस्था छैन । संविधानको धारा २१६ मा स्थानी तहमा स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको कार्यकाल एक वर्षभन्दा बढी बाँकी छँदै मृत्यु भए उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob