scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

ब्राजिलको टोलीमा अटाएनन् यी आठ स्टार

एजेन्सी, ४ जेठ । ब्राजिलले कोपा अमेरिकामा भिड्नका लागि राष्ट्रिय टोली घोषणा गरेको छ । ब्राजिलका प्रशिक्षक टिटेले कोपाले घोषणा गरेको २३ सदस्यीय अन्तिम टोलीमा धेरै स्टार खेलाडीहरु अटाएका छैनन् ।

१२ वर्षपछि उपाधि जित्ने लक्ष्य लिएको ब्राजिलको घोषित टोलीमा रियल मड्रिडमा खेलिरहेका ब्राजिलियन स्टारहरु मार्सेलो (रियल म्याड्रिड, डिफेन्डर) र भिनीसियास जुनियर (रियल म्याड्रिड, मिडफिल्डर) पनि परेका छैनन् ।

त्यसैगरी, लुकास मोउरा (टोटेनहम, मिडफिल्डर), फाबिन्हो (लिभरपुल, मिडफिल्डर), डग्लस कोस्टा (युभेन्टस, मिडफिल्डर), विलियन (चेल्सी, मिडफिल्डर), फ्रेड (म्यानचेस्टर युनाइटेड, मिडफिल्डर) र डेविड लुइज (चेल्सी, डिफेन्डर) पनि राष्ट्रिय टोलीमा अटाउन सकेका छैनन् ।

सन् २०१६ को सिजनमा ब्राजिल समूह चरणबाट नै बाहिरिएको थियो । यसपटक घरेलु मैदानमा नै खेल्ने अवसर पाएको ब्राजिलले समूह चरणमा बोलिभिया, भेनेजुएला र पेरुसँग भिड्दैछ ।

यस्तो छ ब्राजिलको अन्तिम टोली :
गोलरक्षक : एलिसन, क्यासिओ, एडरसन
डिफेन्डर : एलेक्स स्यान्ड्रो, ड्यानीएल आल्भेस, एडार मिलिसाओ, फाग्नर, फिलिपे लुइस, मार्किन्होस, मिरान्डा, थियागो सिल्भा
मिडफिल्डर : एलन, आर्थर, क्यसेमिरो, फर्नान्डीन्हो, पाकेटा, कोउटिन्हो
फरवार्ड : नेयमार, डेविड नेरेस, रोबर्टो फिर्मिनो, एभरटन, ग्यब्रिएल जेसस, रिचार्लीसन

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob