scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

नेपाल सांस्कृतिकरुपमा समृद्ध देश हो : प्रम ओली

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साँस्कृतिक रुपमा समृद्ध देश भएको बताएका  छन्। किराँत धर्मावलम्बीहरुको महान् चाड उभौलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

सन्देशमा प्रधनमन्त्री ओलीले नेपालमा बसोबास गर्ने विविध जाति, भाषा र धर्मावलम्बीहरुको एकता गर्व गर्न लायक रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकार समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न प्रयत्नशिल रहेको उल्लेख गरेका छन् ।

नेपालीको यो आकांक्षालाई साकार रुप दिन सरकार प्रयत्नशिल भएको उनले बताए । यस अभियानमा नेपालका सबै जाति, भाषा र धर्मका मानिसहरुको सक्रिय ऐक्यवद्धताको पनि आवश्यकता रहेको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob