scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

रित्तिँदै पहाड, पूर्वि पहाडमा बसाईसराई तीव्र


धनकुटा, ४ जेठ । सुविधा र रोजगारीका लागि बसाइ सर्ने क्रम बढेपछि पहाडी र हिमाली गाउँहरु रित्तिन थालेको छ । २०२० सालपछि तराई झर्ने क्रम सुरु भएको पूर्वी पहाडका गाउँहरुमा अहिले घर छन्, मान्छे छैनन् । कतै घरपनि देखिदैन ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ४ को मार्सेमा बाक्लो बस्ती भएको गाउँ थियो । दश वर्ष अघिसम्म ७० भन्दा बढी परिवारको बसोबास थियो । अहिले जम्मा ९ घर मात्र बाँकी छन् । तेह्रथुमको आङ्गदिममा बसाइ सराइका कारण रित्तिएको छ ।

त्यहाँबाट हिँडेका सबै परिवार तराईका झापा, मोरङ्ग र सुनसरी झरेका छन् । दश वर्षको जिल्लागत जनसंख्या हेर्दा हिमाली र पहाडी जिल्लाको जनसंख्या घट्दै छ भने तराईमा बढ्दो क्रममा छ । तराई झर्न नसक्नेहरु गाउँबाट पहाडकै बजार सरेका छन् ।

बसाइँ सराइ रोक्न स्थानीय सरकारहरुले नयाँ योजना बनाउन थालेका छन् । तर शिक्षा, स्वास्थ्य, रोजगारीसँगै सुविधा बढ्न नसक्दा गाउँ छाडेर तराई झर्ने र शहर पस्नेहरुको कमी भएको छैन । छथरजोरपाटी गाउँपालिका धनकुटाका अध्यक्ष शेरबहादुर लिम्बु स्थानीय सरकारले मात्रै नागरिकको आबश्यकता पूरा गर्न नसकेको बताउनुहुन्छ । पहाडका खेतीयोग्य भू–भाग बाँझै छन् ।

त्यहाँ जङ्गल झांगिदैछ । तर, तराइको उर्वर जमिन भने घर घडेरीमा बदलिदैछ । जसले मानिसको जीवनचत्रका लागि चुनौती थपिदिएको धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक किरण घिमिरेको टिप्पणी छ ।

हिमाल र पहाडी क्षेत्रको जनसंख्या यहि रफ्तारमा घट्ने अनि तराइको जनसंख्या त्यही अनुसार बढ्ने हो भने खेति योग्य उर्वर जमिनमा बस्ती देखिनेछ । त्यसले खाद्यान्नमा आत्मनिर्भर बन्ने सरकारको योजनालाई चुनौती दिएको छ । गाउँमा सडक बनाउने, कृषि क्षेत्र, भौतिक पूर्वाधार जस्ता विकासका गतिविधिमा असर गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob