scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

एसिया कप ह्विलचेयर टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज


काठमाडौं, ४ वैशाख । एसिया कप ह्विल चियर टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्ने भएका छन् । खेल किर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।

यसअघि शनिबार भएको अन्तिम लिग खेलमा भारतले बंगलादेशलाई ३० रनले पराजित गरेपछि फाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो । बंगलादेशलाई पराजित गरेसँगै भारत समूहको शीर्ष स्थानमा रहँदै फाइनल पुग्यो ।

अपराजित भारतले ६ अङ्क जोडेको छ । पाकिस्तानले दोस्रो स्थान रहेर भारतसँगको भेट पक्का गरेको हो । पाकिस्तानले ४ अङ्क जोडेको छ । २ अङ्क जोडेको बंगलादेश र अङ्कविहीन नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob