scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

गाउँपालिका अध्यक्षको घरमा बम विस्फोट


सप्तरी, ४ जेठ । सप्तरीमा एक गाउँपालिका अध्यक्षको घरमा बम विस्फोट भएको छ । जिल्लाको बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिष्फोट भएको हो ।

शुक्रबार राति सवा १२ बजे गोइतको घरमा प्रेसर कुकर बम बिष्फोट भएको प्रहरीले जनाएको छ । अध्यक्ष गोईत बस्ने घरसँगै जोडिएको घरमा विस्फोट भएपछि उनका काका ५६ वर्षीय समानन्द गोइत घाइते भएका छन् । उनलाई बमको छर्रा लागेको छ । विस्फोटबाट केही भौतिक सम्पत्तिमा क्षति भएको गोइतले जानकारी दिए ।

तत्कालीन संघीय समाजवादी फोरमबाट अध्यक्षमा निर्वाचित गोइतको घरमा भएको विस्फोटको जिम्मेवारी जनतान्त्रिक तराइ मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ । तराईमा भ्रष्टाचार बिरोधी अभियान अन्तरगत कारवाही स्वरुप गाउँपालिका अध्यक्ष गोइतको घरमा बिष्फोट गरिएको माेर्चाका केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले एक विज्ञप्ति जारी गर्दै स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा भ्रष्टाचार नरोके योभन्दा कडा कारबाही गरिने बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob