scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

स्याङ्जामा अवैध घरेलु मदिरा नष्ट

फाइल फोटो

काठमाडौं, ४ जेठ । स्याङ्जा जिल्ला प्रहरी कार्यालयले एक साताको अवधिमा ठूलो मात्रामा अवैधरूपले उत्पादित घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ।

उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत त्यस्ता मदिरा बरामद गरी नष्ट गर्ने त्रममा ९ सय २ लिटर तयारी मदिरा र एक हजार थान कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको हो।

प्रहरीले शुक्रबार पुतलीबजार नगरपालिकाका विभिन्न स्थानबाट १ सय ६० लिटर तयारी मदिरा कच्चा पदार्थ नियन्त्रणमा लिनाका साथै पुतलीबजार नगरपालिकाको वीरेन्द्रनगर, राङ्खोला र कुमालगाउँबाट घरेलु मदिरा तथा मदिरा बनाउनका लागि प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिएको थियो ।

यसैगरी बिहीबार वालिङ ७ केवरेबाट २७ लिटर तयारी मदिरा, बिहीबार नै फेदिखोलाबाट १ सय ५० लिटर तयारी मदिरा र गत आइतबार पनि चापाकोट नगरपालिकाका विभिन्न स्थानबाट ५ सय ६५ लिटर तयारी मदिराका साथै त्यसमा प्रयोगहुने कच्चा पदार्थ नियन्त्रणमा लिई स्थानीय समाजसेवी, भद्रभलाद्मी, जनप्रतिनिधि एवं पत्रकारको रोहबरमा नष्ट गरेको प्रवक्ता भण्डारीले बताए ।

घरेलु मदिरा उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्न जिल्लाभर प्रहरी परिचालन गरिएको प्रवक्ता भण्डारीले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob