scheduleमगलवार आश्विन २८ गते, २०७६

पार्टीभित्र भाँडभैलो गरेहुन्थ्यो भनेर धूप हालेर बसेका छन्ः प्रचण्ड

सिन्धुली, ४ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाभित्र भाँडभैलो होस् भनेर धूप हालेर बसिरहेको बताएका छन् । यद्यपि, उनले धुप हालेर बस्ने को हो भने चाहिँ खुलाएनन् ।

शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा उनले नेकपाको एकतालाई छिमेकी देशले माइक्रोस्कोप लगाएर हेरेको बताए । उनले कुन छिमेकी भनेर स्पष्ट भने पारेनन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘हामीले केही नगरेमा संसारभर निराशा छाउँछ । त्यसैले हामी असफल हुने छुट छैन ।’

केन्द्र, प्रदेश र स्थानीय तहमा समेत नेताहरूको सही व्यवस्थापन नभएमा अप्ठ्यारो अवस्था आउनेको धारणा थियो । उनले सबै ठाउँमा सही व्यवस्थापन गर्ने गरी छलफल चलिरहेको जानकारी दिँदै नेतृत्व सहित एकताको सन्देश दिन सबै प्रदेशमा कार्यक्रम गर्ने जानकारी दिए ।

उनले नेकपाले आउँदो निर्वाचनबारे अहिलेदेखि नै तयारी गरिरहेको प्रष्ट पारे । आउने निर्वाचनमा एक्लै दुई तिहाइ मत ल्याउने गरी पार्टीले बजेटको तयारी गरेको उल्लेख गर्दे उनले भने, ‘जनमुखी, लोकप्रिय र सामाजिक सुरक्षामा केन्द्रित गरेर बजेट ल्याउन लागिएको छ ।’

हेर्नुहोस् भिडियो-

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage