scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

प्रधानमन्त्रीले आफ्नो व्यवहार आफैं सुधार गर्नुपर्छः देउवा

फाइल फोटो

विराटनगर, ४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले जे पायो त्यही बोल्दै हिंड्न नहुने बताएका छन् । ‘प्रधानमन्त्री जे पायो त्यही बोल्दै हिँड्नु हुन्छ,’ उनले भने, ‘यस्तो व्यवहार आफैं सुधार गर्ने हो । सुधार गराई दिने म डाक्टर होइन ।’

शनिबार विराटनगरमा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले उक्त कुरा बताएका हुन् । उनले राष्ट्रिय जागरण अभियानले पार्टीमा नयाँ ऊर्जा सञ्चार भएको बताए । ‘राष्टिय जागरण अभियानले पार्टी, नेता तथा कार्यकर्ताहरुलाई उत्साहित बनाएको छ,’ उनले भने ।

सभापति देउवाले कांग्रेसको महाधिवेशन समयमै हुने जिकिर गरे । जागरण अभियानले देशभर सकरात्मक सन्देश दिएको उनको तर्क थियो ।

एक फरक प्रसंगमा उनले वर्तमान सरकारले स्वतन्त्र प्रेस तथा मानवधिकार कुण्ठित हुनेगरी संसदमा ल्याएको विधेयक कांग्रेसले पास हुन नदिने जिकिर गरे । उनले भने, ‘प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको अडान हो। सरकारले जर्बजस्ती गर्न खोजे कुनै पनि हालतमा पारित हुन दिँदैनौं ।’

के लेख्ने के नलेख्ने पत्रकारलाई सरकारले सिकाउनु नपर्ने उनको तर्क थियो, पत्रकार आफै जे पायो त्यही लेख्न पाउँदैनन् भन्दै सरकारले विधेयक ल्याएको छ। के लेख्ने, के न लेख्ने पत्रकारले बुझ्छन् । त्यसमा सरकारले भन्नै पर्दैन । पत्रकारले जे पनि लेख्न पाउँछन ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob