scheduleसोमवार आश्विन ६ गते, २०७६

नेपाल अब हिंसातर्फ होइन, शान्तितर्फ अगाडि बढ्यो- प्रम ओली


बुटवल, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तितर्फ अगाडि बढेको बताएका छन् । उनले अब नेपाल कहिल्यै हिंसातर्फ नफर्किने भविष्यवाणी समेत गरेका छन् ।

२५६३ औं बुद्ध जन्यतीको अवसरमा शनिबार लुम्बिनीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त भविष्यवाणी गरेका हुन् । उनले भने, ‘नेपाल अब हिंसातर्फ होइन, शान्तितर्फ अगाडि बढ्यो ।’

उनले माओवादी जनयुद्धतर्फ संकेत गर्दै केही वर्ष हिंसा भएपनि त्यसको व्यवस्थापन भइसकेको बताए । उनले भने, ‘अब केही बिग्रिहालेछ भने पनि हामी आफैं समाधान गर्न सक्छौं ।’

उनले भविष्यमा बुद्ध दर्शनप्रति थप आकर्षण बढ्ने बताउँदै यसले दुनियाँलाई शान्ति र सुमार्गको बाटोमा हिँडाउन प्रेरित गरेको बताए ।

उनले बुद्ध जन्मबारे कुनै भ्रम नरहेको बताए । ‘सन् १९९९ देखि संयुक्त राष्ट्रसंघले पनि बुद्ध जयन्तिलाई ‘वैशाख डे’ को रुपमा मनाउन सुरु गरेको छ,’ उनले भने, ‘अब बुद्धको जन्मबारे भ्रम छैन ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage