scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

आगरामा बस दुर्घटना, ५ जनाको मृत्यु


एजेन्सी, ४ जेठ । भारतको लखनउ आगरा राजमार्गमा आज भएको बस दुर्घटनामा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । राजमार्ग अन्तर्गतको देवखरीमा भएको दुर्घटनामा परी अन्य ३० जना घाइते भएका छन् ।

दिल्लीबाट यात्रु लिएर बिहारका लागि छुटेको ट्याक्टरको ट्रलीमा ठोक्किएर बस दुर्घटनामा परेको बताइएको छ । घाइतेका मध्ये एक दर्जन भन्दा बढीलाई थप उपचारका लागि लखनउ ट्रमा सेन्टरमा लगिएको जनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob