scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

पीएम कपको खेल तालिका र जर्सी सार्वजनिक


काठमाडौं, ४ जेठ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका, प्रायोजक र जर्सि सार्वजनिक भएको छ । यसअघि जेठ ८ गतेबाट हुने भनिएपनि पीएम कप सरेर अब जेठ १० गते देखी २५ गते सम्म मुलपानी र टियु क्रिकेट मैदान कीर्तिपुरमा हुने भएको हो ।

त्यसअघि जेठ १ देखि प्रतियोगिता हुने तय गरिएको थियो । प्रतियोगिताको खेल तालिका र जर्सि पनि सार्वजनिक भएको छ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समुह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदुरपश्चिम र गण्डकी रहेका छन् । समुह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । उद्घाटन खेल जेठ १० गते मुलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश १ बीच हुने छ ।

त्यसै दिन टीयू मैदानमा आर्मी र प्रदेश २ बीच प्रतिस्पर्धा हुने छ । राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाईनल खेल जेठ २२ र २३ गते हुने छ । प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob