scheduleआइतवार आषाढ़ १ गते, २०७६

नगरपालिकाको गाडी आगजनीमा संलग्न दुईजना पक्राउ

अछाम, ४ जेठ । अछामको मंगलसेन नगरपालिकाको गाडीमा आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलसेन नगरपालिका १ कुन्तीबण्डालीका १९ बर्षिया दिपेन्द्र जैगढी र १९ बर्षिया एकेन्द्रराज नाथलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) जनक शाहीले जानकारी दिए ।

उनीहरुले गाडी आगजनीमा आफुहरु संलग्न रहेको स्वीकार गरेको शाहीले बताए । घटनामा संलग्न अरुको पनि खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा बैशाख ३१ गते राती आगजनी भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob