scheduleसोमवार आश्विन ६ गते, २०७६

राष्ट्रपति भण्डारीद्वारा लुम्बिनी भ्रमण वर्षको शुभारम्भ

कपिलवस्तु, ४ जेठ । लुम्बिनी भम्रण वर्षको औपचारिक उद्घाटन भएको छ । गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा आज २५ सय ६३ औं बुद्धजयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रिपति विद्यादेवी भण्डारीले भ्रमण बर्षको उद्घाटन गरेकि हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर्न सरकारको ध्यानार्कषण गराएकि छन् । राष्ट्रपति भण्डारीले कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम र देवदहलाई एकापसमा जोड्न पनि आग्रह गरेकि छन् । उनले लुम्बिनी गुरुयोजना पूरा नहुँदा विश्वभरका मानिसलाई जोड्न नसकिएको बताईन् । उनले प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेकोमा खुसी व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले भ्रमण वर्षले प्रदेशमा विकासको ढोका खोल्ने विश्वास व्यक्त गरिन् । प्रदेश सरकारको यो अभियानले नेपाल भ्रमण वर्ष सफल बनाउन परिपूरक हुने पनि राष्ट्रपतिको भनाइ छ । राष्ट्रपतिले बौद्ध दर्शनलाई विश्वभर पुर्‍याउन लुम्बिनी विश्वविद्यालयलाई विभिन्न ज्ञान केन्द्रको रुपमा विकास गरिनुपर्ने धारणा राखिन् ।

यसै अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि लुम्बिनीको विकासले गति लिएको दाबी गरिन् । प्रधानमन्त्री ओलीले अब लुम्बिनीको व्यापक विकास हुने बताएकि छन् ।

सरकारको ध्यान ग्रेटर लुम्बिनीतर्फ गएको बताउँदै प्रधानमन्त्रीले कपिलस्तुलाई फरक ढंगले विकास गरिनुपर्ने धारणा राखे। समारोहमा सहभागि हुन प्रधानमन्त्री ओली शुक्रबार नै लुम्बिनी पुगेका थिए । राष्ट्रपतिको भने आजै पुगेकि  हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage