scheduleसोमवार आश्विन ६ गते, २०७६

थिंक ट्यांकका संयोजक मिश्रद्वारा राजीनामा

काठमाडाैृं, ४ जेठ । सरकारलाई आर्थिक, सामाजिक, राजनीतिकलगायतका सुझाव दिन बनेको नीति अनुसन्धान प्रतिष्ठानका संयोजक प्रा.डा. चैतन्य मिश्रले पदबाट राजीनामा दिएका  छन् ।

समाजशास्त्री समेत रहेका मिश्रले तीन वर्षे कार्यकाल रहेको प्रतिष्ठानबाट सात महिनामै राजीनामा दिएका हुन्। सरकारले बनाएको थिंकट्यांकका संयोजक मिश्रले राजीनामा दिनुपर्नाको स्पष्ट कारण नखुलाए पनि आफ्नै कारण राजीनामा दिएको उल्लेख गरेका  छन् ।

मिश्रको राजीनामाबारे प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकिएको छ । अब प्रतिष्ठानमा डा. मीना आचार्य, प्रा.डा. राजेन्द्रध्वज जोशी, प्रा.डा. सुरेन्द्र लाभ र डा. गणेश गुरुङ रहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage