scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

‘के तपाई भगवान हो ?’ यस्तो छ बुद्धको ब्युँझाउने जवाफ

प्रेरक प्रसंग


आजभन्दा २६ सय वर्ष अगाडि जन्मिएका सिद्धार्थ गौतमलाई संसारले गौतम बुद्धको नामले चिन्छ । उनी शान्तिका अग्रदूत मानिन्छन् ।
बुद्धलाई भगवान भन्ने र मान्नेहरु संसारमा कति छन् कति । तर स्वयम् बुद्धलाई नै ‘तपाईं को हो’ भनेर सोध्दा उनको जवाफ कस्तो हुन्थ्यो होला ?
यसैबारे यहाँ एउटा रोचक तथा प्रेरक प्रसंग प्रस्तुत गरिएको छ ।

बुद्धलाई कसैले आएर सोध्यो- के तपाई भगवान् हुनुहुन्छ ?
बुद्धले भने- अहँ, होइन ।
के तपाई देवदूत हुनुहुन्छ ?
बुद्धले फेरि भने- अहँ, होइन ।
उसले फेरि सोध्यो- के तपाई ईश्वर-पुत्र हुनुहुन्छ ?
बुद्धले फेरि भने- अहँ, होइन ।
उसले प्रश्न गर्दै गयो- के तपाई अवतार हुनुहुन्छ ?
बुद्धले पुनः टाउको हल्लाउँदै दोहोर्‍याए- बिल्कुल होइन ।
अन्त्यमा उसले सोध्यो- तपाई को हुनुहुन्छ त ?
बुद्धले मुस्कुराउदै भने- म जागृत मानव हुँ ।

वास्तवमा दुनियाँभरका मानिसहरू बुद्ध नै हुन् । फरक यतिमात्र छ, कोही सुतिरहेको बुद्ध र बुद्ध उठिसकेको वा ब्युँझिसकेको मान्छे । दुनियाँका महान मानवहरु एक हदसम्म ब्युँझिएका अर्थात् जागृत मानव हुन् । अब आफैंलाई प्रश्न गरौं- म निदाइरहेको मान्छे कि सुतिरहेको मान्छे ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob