scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

त्रिशुली नदीमा बस खस्यो, ५ को मृत्यु

काठमाठाैं, ५ जेठ । आइतबार  बिहान त्रिशुली नदीमा बस खसेको छ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस आज बिहान त्रिशुली नदिमा खस्दा ५ जनाको मुत्यु भएको प्रहरीले जनाएको छ ।

मृतको सनाखत भने भइसकेको छैन । दुर्घटनामा २९ जना घाइते भएका छन् । ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले  जानकारी दिए ।

दुर्घटनाका घाइतेको गजुरी, गल्छीसहितको राजमार्गका अस्पतालमा उपचार भइरहेको छ । राजमार्गको बेल्छीटारमा दुर्घटना भएको बसमा ३३ जना यात्रु सवार थिए । तर, दुर्घटना के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको पाण्डेयले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob