scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

बालकुमारी सर्दै बाबुराम


काठमाडौं, ५ जेठ । तत्कालीन नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यालय काठमाडौंको बबरमहलबाट ललितपुरको बालकुमारी सर्ने भएको छ ।
नयाँ शक्ति र संघीय समाजवादी फोरम एकीकरणपछि बनेको समाजवादी पार्टीको कार्यालय बालकुमारीमा रहने भएपछि बबरमहलको कार्यालय खाली गर्न लागिएको हो । तत्कालीन संघीय समाजवादी फोरमको साविक कार्यालय बालकुमारीमा रहेको छ ।

पार्टी एकीकरणकै क्रममा समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच फोरमको बालकुमारीस्थित साविक कार्यालयलाई नै एकीकृत पार्टीको केन्द्रीय कार्यालय बनाउने सहमति बनेको हो । उक्त सहमतिसँगै पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई पनि अब पार्टी कामका लागि बालकुमारी नै जानेछन् ।

पार्टी एकीकरणलगत्तै डा. भट्टराईलाई अर्का अध्यक्ष यादवले बालकुमारी बोलाएर पार्टीको केन्द्रीय कार्यालय भ्रमण गराएका थिए ।

बालकुमारीस्थित कार्यालयमा मर्मत सम्भार र रंगरोगनको काम अगाडि बढिरहेको समाजवादी पार्टीका एक नेताले जानकारी दिए । नयाँ कार्यालयमा अहिले अध्यक्षद्वयको लागि र २५ सदस्यीय जम्बो पदाधिकारीको लागि कार्यकक्षहरु बनाउने काम चलिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob