scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

राजपा भन्छ- समाजवादी पार्टीसँग एकता हुँदैन

फाइल फोटो

काठमाडाैं, ५ जेठ । राष्ट्रिय जनता पार्टी राजपाले समाजबादी पार्टीसंग कुनैपनि हालतमा एकता नहुने बताएको छ । समाजवादी पार्टी नेपालले राष्ट्रिय जनता पार्टी राजपालाई एकतामा आउन आग्रह गरिरहेका बेला एकताका विषयमा राजपाको धारणा बाहिर आएको हो ।

समाजबादी पार्टी संविधान संशोधन लगायतका मुद्धा छोडेर अघि बढेकाले अब राजपाले समाजबादी पार्टीसँग एकता नहुने स्पष्ट पारेको हो ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले संसदमा नै आफ्नो संविधानप्रति सहमति छैन भनेर औठाछाप लगाइसकेकाले अब एकताको बिषय टुंगीएको बताए। राजापाले बैठकबाट धारणा बनाउनेगरि छलफल गरिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob