scheduleसोमवार आश्विन ६ गते, २०७६

भारत लोकसभा चुनाव : मोदीको भाग्यको फैसला आज हुँदै

एजेन्सी, ५ जेठ । लोकसभा चुनाव अन्तर्गत भारतमा आज अन्तिम चरणको मतदान हुँदैछ । अन्तिम चरणको चुनाव अन्तर्गत आज ८ राज्यको ५९ सिटमा मतदान हुँदैछ । ५९ सिटका लागि ९ सय ९ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

मतदानमा भारतका ८ राज्यका झन्डै १० करोड जनताले सहभागिता जनाउने भारतीय चुनाव आयोगले जनाएको छ । सातौं तथा अन्तिम चरणको मतदान अन्तर्गत  पश्चिम बंगालको ९, हिमाचल प्रदेशको ४, बिहार र मध्य प्रदेशको ८/८, पञ्जाव र उत्तर प्रदेशको १३/१३, झारखण्डमा र चण्डीगढमा १ सिटका लागि बिहान ७ बजेबाट मतदान सुरु भइसकेको छ । अन्तिम चरणको मतदानबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका शिर्ष नेता, कांग्रेसका शिर्ष नेताहरुको भाग्यको फैसला हुनेछ । चुनावको सुरक्षालाई ध्यानमा राख्दै सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage