scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

स्कारपियोको ठक्करबाट बावु छोराको मृत्यु

प्रतिकात्मक तस्बिर

सर्लाही, ५ जेठ । नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा शनिबार साँझ स्कारपियोले ठक्करदिँदा दुई जनाको मृत्यु भएको छ । भैंसी चराउँदै गरेका बावु छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडक छेउमा भैंसी चराइरहेका बेला नवलपुरबाट मलङ्गवातर्फ जाँदै गरेको बा १९ च २५८८ नम्बरको स्कारपियोले अनियन्त्रित भई ठक्कर दिँदा सोही ठाउँका ४० वर्षका जयसी राय र उनका छोरा १० वर्षका लक्ष्मण रायको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बालकको घटनास्थलमै र गम्भीर घाईते जयसीलाई उपचारका लागि हरिवनतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob