scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

संघर्षका दिनहरुः संसारकै धनी जेफले आफ्ना पितालाई यसरी सम्झिए


जेफ बेजोस (दायाँ) पिताका साथ ।

वासि‌ङ्गटन, ५ जेठ । संसारको सबैभन्दा धनी व्यक्ति र अमेजनका फाउण्डर जेफ बेजोसले आफ्नो पिता माइक बेजोसको संघर्षको कथा सार्वजनिक गरेका छन् । जेफका अनुसार उनका पिता १६ वर्षको उमेरमा क्युबा छाडेर एक्लै अमेरिकाको फ्लोरिडा पुगेका थिए । १९६२ मा जब उनी अमेरिका पुगेका थिए तब उनी केवल स्पेनिश भाषा बोल्न जान्दथे । उनलाई अंग्रेजी पनि सामान्य त आउँथ्यो । तर भाषा लगायतका अन्य अवरोधले उनलाई रोकेन । उनको हिम्मत, दृढ निश्चय र आशावादिता प्रेरणा दायक छ ।

जेफ भन्छन्, ‘ती दिनहरु कल्पना पनि गर्न सकिन्न । पिता तीनवटा शर्ट र तीनवटा पाइन्ट लिएर अमेरिका आएका थिए । उनलाई परिवारले फिडेल क्यास्त्रोको शासनबाट असुरक्षित देखेपछि अमेरिका पठाएका हुन ।’

जेफले बाबुको यात्राका भिडियो शेयर गर्दै मानिसले एकअर्कालाई कसरी मद्दत गर्न सक्छन् भन्नेबारे स्पष्ट पार्ने प्रयास गरेका छन् । स्टेच्यू अफ लिबर्टीको नयाँ म्यूजियम उद्घाटनको अवसरमा बेजोसले उक्त भिडियो सार्वजनिक गरेका हुन् । १५ मेमा संग्रहालयको उद्घाटन समारोहमा जेफ बेजोसका पितालाई स्वतन्त्रता सम्मान पनि मिलेको थियो ।

यद्यपि, माइक जेफका जैविक पिता भने होइनन्, तर अमेजनको संस्थापकको सफलतामा उनको महत्वपूर्ण योगदान छ । जेफकी आमा जैकलिन गाइजले १९६८ मा माइक बेजोससँग विवाह गरेकी थिइन् । त्यतिबेला जेफ केवल ४ वर्षका थिए । जैकलिनले पहिलो पति टेड जोर्गनसनलाई १९६५ मै सम्बन्धविच्छेद दिएकी थिइन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage