scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

त्रिशूली बस दुर्घटनाका मृतक तीनको सनाखत (अपडेट)

काठमाडौं, ५ जेठ  । कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा  मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।  ति मध्ये  चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । सो  दुर्घटनामा २९ जना घाइते भएका छन् ।

मृतक मध्ये तिनजनाको सनाखत भएको छ ।  मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले  जनाएका  छन्  ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob