scheduleसोमवार आश्विन ६ गते, २०७६

रोनाल्डो बने सिरी ए मा ‘प्लेयर अफ द सिजन’


एजेन्सी, ५ जेठ । पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो इटालियन सिरी ए मा प्लेयर अफ द सिजन भएका छन् । स्पेनिस क्लब रियाल मड्रिड छोडी यसै सिजनमा युभेन्टस भित्रिएका उनले उक्त उपाधि जितेका हुन् ।

युभेन्टसलाई सिरि ए को शीर्ष स्थानमा रहन महत्वपूर्ण भूमिका निर्वाह गरेका भन्दै रोनाल्डो प्लेयर अफ द सिजन घोषित गरिएको हो । उनले लिगमा २२ गोल गरे । साथै महत्वपूर्ण ११ गोलका लागि पास उपलब्ध गराएका छन् ।

उत्कृष्ट युवा खेलाडीको अवार्ड भने रोमाका निकोलो जानिओलोले जितेका छन् । सिरी ए को अन्य अवार्डमध्ये उत्कृष्ट स्ट्राइकर साम्पडोरियाका फाबियो क्वाग्लीआरेल्ला बनेका छन् । त्यसैगरी उत्कृष्ट डिफेन्डर नेपोलीका कालिडु कौलीबालीले हात पारेका छन् भने उत्कृष्ट मिडफिल्डर सर्गे मिलिन्कोभिच साभिच–लाजियो कब्जामा लिएका छन् ।

उत्कृष्ट गोलकिपरको अवार्ड इन्टर मिलानका सामिर हान्डानोभिचले हात पारेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage